डडेलधुरा,वैशाख ६। डडेलधुरामा एक गोठमा आगलागी भएको छ।शुक्रवार बिहान जिल्लाको आलिताल गाउँपालिका–३ सहरी दुला बस्ने राम दत्त भट्टको गोठमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।सो आगलागीको कारण बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।