गोदावरीको मगर टोलमा मोटरसाईकल दुर्घटना हुँदा चालक बेहोस्

अत्तरिया : कैलालीको गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाइते भएका छन् । गोदावरी नगरपालिका(७ को मगर टोलस्थित भित्री सडकखण्डमा ३४ वर्षीय देवबहादुर साउदले चलाएको नम्बर नखुलेको मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका साउदको बेहोस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढी पुगाइएको छ । उनले घरमा राखेको अवस्थामा सागर साउदको नम्बर नखुलेको मोटरसाईकल चलाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.