अत्तरिया :
अत्तरिया ः गोदावरी नगरपालिकाको १५ औँ नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ४ दर्जनभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न नगरसभामा स्वास्थ्य सेवा, शिक्षा, प्रशासन, खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मानपत्र, दोसल्ला र अबिरसहित सम्मान गरिएको हो।
स्वास्थ्य र प्रशासनिक सेवामा योगदान दिने सम्मानितहरू :
अत्तरिया अस्पतालका सञ्चालक आनन्द पाठक
जनस्वास्थ्य निरीक्षक सत्यराज फुलारा (मालाखेती अस्पताल)
पशु सेवा शाखाका प्राविधिक टेक शाहु
योजना शाखा प्रमुख महाजित साउद
कार्यालय सहयोगी सहदेव भट्ट
वडा नं. ७ का कार्यालय सहयोगी अम्मर उपाध्याय
वडा नं. १ की वडा सचिव कुन्ता भण्डारी
वडा नं. २ का सहायक कम्प्युटर अपरेटर सिताराम पाली
कार्यालय सहयोगी देवकी जोशी
शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि :
सामुदायिक विद्यालय लक्ष्मी मावि बुढीतोला
संस्थागत विद्यालय सत्यवती एकेडेमी (कक्षा ८ का दुई विद्यार्थीले ४ जिपिए
लोटस आई एकेडेमी (कक्षा ८ का दुई विद्यार्थीले ४ जिपिए
सामुदायिक सेवा र नेतृत्वतर्फ :
अत्तरिया सामुदायिक सिकाइ केन्द्रका पूर्व अध्यक्ष तथा पूर्व आपी शिक्षा विद् भीम बहादुर बलायर
पाटर्नर पार्टी प्यालेसका सञ्चालक भक्त बहादुर ठकुल्ला – नगरसभा आयोजना स्थल निःशुल्क उपलब्ध गराएबापत
खेलकुद र अवकाशप्राप्त कर्मचारी :
सैनिक आवासीय माविका खेल प्रशिक्षक तथा शिक्षक ईन्द्रबहादुर सिंह
रामचन्द्र जैशी (सीअहेव),
मोहन सिंह खत्री (अनिवार्य अवकाश),
दुर्गाप्रसाद जोशी र सीता देवी भट्ट (स्वैच्छिक अवकाश)
नगरपालिकाका अनुसार, स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानले उनीहरूलाई प्रोत्साहन दिने मात्र होइन, आगामी पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।