ओली पक्राउको विरोधमा एमाले पदाधिकारी समेत प्रदर्शनमा

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीका केन्द्रीय पदाधिकारी समेत प्रदर्शनमा उत्रिएका छन् । सोमबार (चैत १६) उनीहरूले काठमाडौंका बानेश्वर, माइतीघर, बिजुलीबजार क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । सरकारविरुद्ध उनीहरूले नाराबाजी गरेका छन् । एमालेको झन्डा बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार (चैत १४) प्रहरीले ओली र तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.