‘बलात्कार’ आरोपमा डडेल्धुराका एक युवक पक्राउ

धनगढी  : डडेल्धुराबाट धनगढी आएकी एक युवतीले जिप चालकविरुद्ध जबरजस्तीकरणी (बलात्कार) गरेको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । आइतबार सुपप्र ०१००१ च ०२०८ नम्बरको तरकारी बोकेको जिपमा डडेल्धुराबाट धनगढी आएकी २० वर्षीया युवतीको मौखिक उजुरीका आधारमा चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–२ का सुरेश अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार युवतीको मौखिक गुनासोका आधारमा अवस्थीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार युवती अहिलेसम्म अवस्थीविरुद्ध किटानी जाहेरी दिएकी छैनन् । स्रोतका अनुसार दुवै जना एउटै जिपमा धनगढी आएका थिए र राति धनगढी उपमहानगरपालिका–४ स्थित एक होटलमा छुट्टाछुट्टै कोठामा बसेका थिए ।

मध्यराति करिब साढे १ बजे युवतीले प्रहरीलाई फोन गरी आफूमाथि जबरजस्तीकरणी भएको दाबी गरेपछि प्रहरी टोली तत्काल होटल पुगेको थियो । त्यसपछि आरोपी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । युवतीले चालक आफ्नो कोठामा आएर जबरजस्ती गरेको आरोप लगाएकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.