अछाममा चार दिनदेखि बेपत्ता युवती जङ्गलमा मृत फेला

अछाम  : अछाममा चार दिनदेखि बेपत्ता भएकी एक युवती जङ्गलमा मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका–१३ बुडाबाँडाकी जितु साउँदकी १७\१८ वर्षीया छोरी अमृता साउँद जेठ ५ गतेदेखि बेपत्ता रहेकी थिइन् । उनी शुक्रबार घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जेठ ५ गते साँझ करिब ५ बजे “दाउरा लिन जान्छु” भनेर घरबाट निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन् । खोजीका क्रममा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक दिनेशप्रसाद रिमालले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.