मोटरसाइकल दुर्घटना : गोदावरीका युवा व्यवसायी भट्टको निधन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ ३३ वर्षीय युवा व्यवसायी ओमप्रकाश भट्टको कञ्चनपुरको गुलरिया क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । उनी कञ्चनपुर कृष्णपुर–७ का बासीन्दा हुन ।
आईतबार महेन्द्र राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीया क्षेत्रमा भएको सडक दुर्घटनामाउनको मृत्यु भएको हो ।
अत्तरियाबाट पश्चिमतर्फ गइरहेको भट्टले चलाएको सुप प्र ०१–०१० प ५११० मोटरसाइकल सडकमा डोर्याइएको पाडोसँग ठोक्किएर विपरीत दिसाबाट आइरहेको सुप प्र ०१–००१ च ४३४७ को स्कारपियोमा ठोक्किएको थियो ।
सोक्रममा गम्भीर घाइते भएका भट्टको उपचारकाक्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीले पाडोधनी कृष्णपुर– १ श्रीपुर बस्ने गाजीराम सार्की र स्कारपियो चालक गोदावरी–१ का सुवास चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अत्तरिया धनगढी सडकखण्डमा एल्युमिनियम व्यवसाय सञ्चालन गर्दै आएका भट्ट स्थानीयस्तरमा सफल तथा परिचित व्यवसायीका रूपमा चिनिन्थे।
उनको असामयिक निधनले परिवार, आफन्त, व्यवसायिक क्षेत्र तथा शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.