कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

अत्तरिया  : नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

बिहान ११ : ३० बजे हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ। बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ।

स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका देउवा बिहीबार काठमाडौं फर्किएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.