अत्तरिया : ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित राजासहितको सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा देशभर सञ्चालन भइरहेको हस्ताक्षर अभियानअन्तर्गत शनिबार अत्तरियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शाही युवा शक्ति नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा शाही युवा शक्ति नेपाल सुदूरपश्चिम प्रदेश संयोजक राजबहादुर खड्काले अध्यक्षता गरेका थिए। भने कार्यक्रममा शाही युवा शक्ति नेपालका पशुपति खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका राष्ट्रवादी धारणा राख्ने व्यक्तिहरू तथा अभियानका समर्थकहरूको सहभागिता जनाएका थिए।
अन्तरक्रियाका क्रममा सहभागीहरूले नेपालको वर्तमान राजनीतिक व्यवस्था, राजसंस्थाको पुनःस्थापना तथा सनातन हिन्दु राष्ट्रको पक्षमा सञ्चालन भइरहेको हस्ताक्षर अभियान लगायतका विषयमा आफ्ना धारणा राखेका थिए।
आयोजकले राजसंस्था पुनःस्थापना तथा सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा हस्ताक्षर अभियान र अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन्।