धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले रसुवागढीस्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
अचानक आएको बाढीका कारण नुवाकोटको बेत्रावती, बनार, त्रिशूली बजार, देवीघाट बजारलगायतका क्षेत्रमा ठूलो क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री भट्टले विपद्को यस घडीमा सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन ।
उनले बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोलानाला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित रहन अपिल गरेका छन।
मुख्यमन्त्री भट्टले विपद्को समयमा एकअर्कालाई सहयोग गर्दै सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशनको पालना गर्न समेत सबैमा आग्रह गरेको छ।