धनगढीमा पानीको नालामा पुरुष मृत फेला By अग्नी समाचार On २०८३ कार्तिक १६, सोमबार १२:२७ धनगढी : कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–८ स्थित सेतो पुलनजिक पानीको नालामा आइतबार बेलुका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।