Agni Offset Press

प्रशासनको आदेश आदेशमै सिमित : सर्वसाधारण देखि राजनीतिक दल मान्दैनन्

Aarati simant

अत्तरिया : कोरोना भाइरसको जोखिम बढेको भन्दै गत पुस २५ गते जिल्ला प्रशासन कैलालीले सार्वजनिकस्थलमा भिडभाड गर्न बन्देज गर्ने आदेश जारी भयो । तर, त्यो आदेश न कुनै राजनीतिक दलहरुले मानेका छन् । नत, सर्वसाधारणले नै ।
राजनीतिक दलहरु आफ्ना कार्यक्रमलाई निरन्तर गरीरहेका छन् । भने सर्वसाधारणहरुले पनि आफ्नो गतिविधिहरु रोकेका छैनन् । भोज, भतेर विवाहको कार्यक्रमहरुमा भिडभाडमा सम्पन्न भईरहेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आदेश नै जारी गर्दै २५ जनाभन्दा बढी जमघट हुने कार्यक्रम तथा कुनैपनि राजनीतिक दलले कार्यक्रम गर्न नपाउने जानकारी दिएका थिए । त्यसको केही समयपछि यहि माघ ७ गते उक्त आदेशलाई थप कडाइका साथ पालना गर्न प्रशासनले अर्को आदेश जारी गरेको थियो । तर, यी दुवै आदेशको धज्जी उडाउँदै नेकपा एमाले गोदावरी नगर कमिटीको अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा २५ जनाभन्दा बढीको सहभागीता रहेको थियो । तर, नगर अध्यक्ष गोकर्ण भट्टले भने आफूहरुले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर नगरअधिवेशन सम्पन्न गरेको बताए ।
यस्तै बुधबार गोदावरी नगरपालिका वडा नम्बर २ मा भेला समेत सम्पन्न गरेको छ । भेलामा पनि २५ जनाभन्दा बढीको सहभागीता रहेको थियो । तर सहभागी नेता तथा कार्यकर्ताले भने स्वास्थ्यका मापदण्ड अपनाएर भेला दावी गरेको छ ।
भेलामा सुदूरपश्चिम सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री तथा समाजवादी पार्टीकी नेतृ चुनकुमारी चौधरी, गोदावरीकी उपमेयर तथा समाजवादी पार्टीकी नेतृ रत्ना कडायत लगायतका नेता तथा कार्यकर्ता सहभागीता थियो ।
राजनीतिक दलहरु मात्र होइनन् । अन्य सामान्य कार्यक्रहरु समेत न्यूनतम २५ जना भन्दा बढी को सहभागितामा गरिने गरेको छ । कोरोना कहर बढेको भन्दै विद्यालय बन्द गरेको अवस्थामा हुने भिडले आदेशको कुनै औचित्य हुने गरेको छैन् । प्रशासने जे केन्द्र सरकारले निर्णय गर्यो त्यो गर्ने हुँदा कार्यान्वयन नहुने गरेको गोदावरी नगरपालिका–३ का पदम रावलले बताए । ‘आदेश दिने तर, पालना गर्न नसक्ने कस्तो प्रशासन हो’ आक्रोसित हुँदै उनले भने । ‘यस्तै अवस्था रहेमा विद्यालय मात्र बन्द गर्नुको पनि कुनै औचित्य छैन् ।’

कैलाली प्रशासनले जारी गरेको आदेश उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने सोही आदेशमा बताइएको थियो संक्रमित बढेपछि प्रशासनले आदेश जारी गरेसँगै जिल्लाका शैक्षिक संस्था बन्द अवस्थामा छन् । जिल्ला प्रशासन कैलालीले राजनीतिक दल र सर्वसाधारणले गरेका कार्यक्रमका बारेमा वेखवर बन्ने गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा भन्छन्, ‘हामीले जारी गरेको आदेश कायमै छ । कहि कति पनि भिडभाड हुने गरी कार्यक्रम भएका छैनन् ।’
प्रशासनले जारी गरेको आदेश उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने सोही आदेशमा बताइएको थियो । हाल कैलालीमा २ हजार ३ सय १२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । संक्रमित बढेपछि प्रशासनले आदेश जारी गरेसँगै जिल्लाका शैक्षिक संस्था बन्द अवस्थामा छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.