अत्तरिया : विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग९एलपिएल० को सातौँ संस्करण आगामी कार्तिक १३ गते देखि २६ गते सम्म धनगढीमा हुने भएको छ ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले बिहिबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ तथा उप विजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘प्लेयर अफ द सिरिज’ले ३० तथा उत्कृष्ट ब्याट्र र बलरले १५–१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालयको सहभागिता रहने छ । सहभागी प्रत्येक टोली ले अन्डर–१९ राष्ट्रिय टोलीका चार खेलाडीहरु समावेश गर्न पाउने प्रावधान छ ।
लिगलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत मान्यता दिइसकेको छ । विगतको संस्करण भन्दा यसपटक प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ । सहभागी १० टोली लाई दुई समुहमा विभाजन गरिनेछ । विद्या भुषण स्कुललाई हराउँदै गत संस्करणको उपाधि सत्यवती एकेडेमीले उचालेको थियो ।