बैशाख १ र २ प्रथम रिया स्पोट्रस कप ब्याटमिन्टन प्रतियोगीता हुँने

धनगढी : धनगढीमा प्रथम रिया स्पोट्रस कप ब्याटमिन्टन प्रतियोगीता २०८० आयोजना हुँने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ बर्षको अवसर पारेर प्रथम रिया स्पोट्रस कप ब्याटमिन्टन प्रतियोगीता हुन लागेको जानकारी गराएको हो ।

धनगढीको रङ्शालामा बैशाख १ र २ गते हुने ब्याटमिन्टन प्रतियोगीतामा चैत ३० गते साँझ ५ बजेसम्म टिम दर्ता गराइसक्नुपर्ने ब्याटमिन्टन प्रतियोगीताका संयोजक प्रकाश सिँहले बताए । उनले टिम दर्ता शुल्क १५ सय तोकिएको बताए । ब्याटमिन्टन प्रतियोगीतामा प्रथम हुनेले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगदसहित प्रमाणपत्र पाउँने जानकारी दिए ।

ब्याटमिन्टन प्रतियोगीतामा राष्ट्रिय खेल र क्षेत्रीय खेल खेलेका खेलाडीहरु सहभागी हुन नपाउने खेल प्रशिक्षक तथा निर्देशक केशब बडुवालले बताए । ब्याटमिन्टन खेलको नियमानुसार नै खेलाइने बताउँदै खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समुहकाले खलेमा सहभागी हुन पाउने बताए ।

चैत १ गते बिहान ७ बजे ब्याटमिन्टन प्रतियोगीता उद्घाटन हुने जानकारी दिएका छन् । पत्रकार सम्बेलनमा ब्याटमिन्टन प्रतियोगीताका बिरेन्द्र शाह, नविन सिँह, टेकेन्द्र घर्ती, मेघराज कठायत तथा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.