मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिताको तयारी पुरा

अत्तरिया, २७ चैत : कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता चैत २९ र ३० गते हुने छ ।
कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा हुने प्रतियोगिताका तयारी पुरा भएको हो । धनगढी रङशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । फेन्सिङ नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो । सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदका हात पारेका थिए ।
कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनकै सक्रियतामा सो प्रतियोगिता हुने भएको हो । धनगढीलाई फेन्सिङको हव बनाउने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताए ।
युरोपबाट भित्रिएको सो खेलमा शाही विभिन्न देशका प्रतियोगितामा सहभागी भईसकका छन् । सुदूरपश्चिममा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा शसस्त्र प्रहरी वल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका महिला र पुरुष गरेर ७० देखि ७५ जना खेलाडी सहभागी हुने अध्यक्ष शाहीले बताए ।
उनका अनुसार २० वर्षमुनीको खेल इपी र खुला खेल सेवर विद्यामा खेलाइने छ । दुईवटै विद्याका खेलमा महिला र पुरुषकाबीच अलगअलग खेल  हुनेछन् ।
इपी खेलमा शरिरभरी जुनसुकै भागमा ७.५ ग्रामको भार पुगेपछि अंक पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिइने गरिन्छ । ती दुईवटै खेलको समयअवधी तीन मिनेटको हुन्छ । खेलाडीले तीन मिनेटमा पाँच अंक पाउनका लागि तीन मिनेट खेल खेल्ने गर्छन ।
प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद मुख्य सहयोगी रहेको छ । प्रतियोगिताको पहिलो हुनुहुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन् ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.