धनगढी : धनगढीमा आयोजना भएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगितामा नेपाल आर्मीका मुकेश पाल प्रथम भएका छन । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसिजले शुक्रबार आयोजना गरेको हाफ म्याराथनको खुल्लातर्फको उपाधी पालले जितेका हुन ।
निर्धारित २१.१ किलोमिटरको दूरी उनले एक घण्टा चार मिनेट ४८ सेकेण्डमा पूरा गरेर उपाधी चुमिन । विजेता पालले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गरिन ।
यसैगरी, दोस्रो स्थान नेपाल आर्मीकै धावक नरेन्द्रसिंह रावलले प्राप्त गरे । उनले ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गरे । धावक सन्तोषविक्रम विष्टले तेस्रो स्थानमा चित्त बुझाए । उनले २२ हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गरे ।
सम्बन्धित पाेस्टहरु