केजिष्ट दौडमा रोहित पहिलो

धनगढी, २ बैशाख : धनगढीमा रहेको कीर्तिगंगा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (केजिष्ट)को स्पोर्टस विक सुरु भएको छ । स्पोर्टस विकको उद्घाटनका क्रममा भएको ३ हजार मिटर दौडमा रोहित डगौरा प्रथम भएका छन् । धनगढी चौराहाबाट सुरु भएको दौड पार्कमोडमा गई सम्पन्न भएको थियो ।

उक्त दौडमा रमेश साउँद दोस्रो र हेम मल्ल तेस्रो भए । दौडको विश्व साइकल यात्री भरतविक्रम शाहीले उद्घाटन गरेका थिए । २०६८ सालदेखि होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको केजिष्टको स्पार्टस विक अन्तर्गत भलिबल, क्रिकेट, फुटसल र ब्याडमिन्टन खेलहरु समेत भइरहेका छन् ।

केजिष्टमा मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा तथा डिप्लोमा कोर्षहरु सञ्चालनमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.