अत्तरियामा लोटस आई क्रिकेट कपको आयोजना हुने, पहिलो हुनेलाई एक लाख पुरस्कार

अत्तरिया, १५ भदौ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा लोटस आई क्रिकेट कप हुने भएको छ । लोटस आई अँग्रेजी सेकेन्डरी स्कुलको प्रायोजनमा लोटस आई क्रिकेट कप प्रतियोगिता हुन लागेको हो ।
आयोजक अत्तरिया क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिएको हो । क्लबका अध्यक्ष दिपेन्द्र गौतमले इन्टर स्कुल टि ट्वान्टी प्रतियोगिता असोज १७ देखि २६ गते सम्म आयोजना हुने जानकारी दिए ।
प्रायोजक संस्थाका प्रमुख गिरीराज कडायतले प्रतियोगिता विद्यालय र विद्यार्थीको लागि ठूलो अवसर रहेको बताए । उनले प्रतियोगिता मार्फत नंया खेलाडी र उनीहरुको क्षमता बाहिर आउने भएकाले सहकार्य गरिएको बताए ।
प्रतियोगितामा प्रदेशभर का ८ वटा टिम को सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख, ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ ।
प्रतियोगितामा सर्वोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरष्कार को व्यवस्था गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरणमा खेलाइने छ । प्रतियोगिताको कुल लगानी १२ लाख रहने क्लबका अध्यक्ष गौतम ले बताए । उक्त क्लब २०७९ सालमा स्थापना भएको हो ।

प्रतियोगीता सञ्चालन पश्चात आउने नाफाको ३० प्रतिशत खेलाडीको खेल विकासमा र २० प्रतिशत अत्तरियामा रहेको अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.