एसिया कप : भारतविरुद्ध नेपालले कटायो सय रन

काठमाडौँ : एसिया कपमा नेपालले भारतविरुद्ध १ सय रन कटाएको छ। श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २१.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय रन पूरा गरेको हो।

क्रिजमा आशिफ शेख ४४ रनमा नटआउट छन्। कुशल मल्ल २ रनमा क्याच आउट भए। २२ औं ओभरको पाँचौ बलमा कुशल मल्ल रविन्द्र जडेजाको बलमा मोहम्मद सिराजको हातबाट क्याच आउट भए।

नेपालले तेस्रो विकेटको रुपमा २० औं ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको थियो। १६ औं ओभरको अन्तिम बलमा रविन्द्र जडेजाको बलमा भिम सार्की बोल्ड आउट भए। भिम १७ बलमा ७ रन बनाउँदै आउट भए। त्यसअघि दशौं ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ३८ रन बनाएर पवेलियन फर्केका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.