५८ रन बनाएर विराट कोहलीको हातबाट क्याच आउट भए आशिफ

काठमाडौँ : ओपनर आशिफ शेख ५८ रन बनाएर पवेलियन फर्किएका छन्। ९७ बलमा ८ चौका हानेका आशिफ ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए।

नेपालले २९.५ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १ सय ३३ रन बनाएर खेलिरहेको छ। ओपनर कुशल भुर्तेल ३८ रनमा आउट भए।

भिम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए। भारतका रविन्द्र जडेजाले तिन विकेट झारे। मोहम्मद सिराज र सार्दुल ठाकुरले एक एक विकेट आफ्नो नाममा गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.