काठमाडौं २० भदौ : श्रीलंका तथा पाकिस्तानमा एशिया कप २०२३ का दुई खेल खेलेर नेपाली क्रिकेट टोली बुधवार स्वदेश फर्किएको छ । नेपाल फर्किएका क्रिकेट खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।
खेलाडीहरुलाई स्वागत गर्नका लागि समर्थकहरुको ठूलो समुह विमानस्थल पुगेको छ । खेलाडीहरुको समर्थनमा नाराबाजीसमेत भएको छ । खेलाडीहरुलाई विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको थियो