अझै सुचारु हुन सकेन रडुवा पहिरोले अवरुद्ध सडक, एक जनाको मृत्यु

अत्तरिया : अविरल वर्षापछि डडेल्धुरा गन्यापधुरा गाउँपालिका–२ को रडुवा खोलामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध अझै सुचारु हुन सकेको छैन् ।
शनिबार राति ७ बजे पछि उक्त सडक पहिरोका कारण अवरुद्ध भएको डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । पहिरोका कारण तराईबाट डोटी, बाजुरा र अछामका लागि छुटेका गाडीहरू डडेल्धुरा स्याउले बजारमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा विशेष गरी शनिबार भएको माध्यामिक तहको शिक्षक अनुमतीपत्रको परीक्षा दिन पुगेका विद्यार्थीहरु अलपत्र परेका छन् । धनगढीमा परीक्षा भएको हो

डडेल्धुरामा पहिरोसँगै खसेको ढुङ्गा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । केआईसिंह राजमार्गअन्तर्गत गन्यापधुरा गाउँपालिका–२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुङ्गा लागेर अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरी निरीक्षक नायकले बताए । डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुङ्गा लागेको थियो । गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.