Agni Offset Press

सुदूरपश्चिममा हुने सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगिताको ट्रफी सार्वजनिक

Aarati simant

धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदूरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदूरपश्चिम श्री प्रतियोगिताको ट्रफी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

दुई विधाका प्रथम द्धितीय र तृतीय हुने खेलाडीलाई दिईने ट्रफी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गरे । खुल्ला पुरुष शारिरिक र शारिरिक सुगठन खुल्ला गरि दुई विद्यामा खेलाईने प्रतियोगिताका दुबै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार दिईनेछ । यस्तै दुबै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिईनेछ । साथमा जिन्सी पुरस्कारहरुबाट पनि पुरस्कृत गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सदस्य सचिव दिपकवहादुर सिंहले प्रदेशमा पहिलो पटक हुन लागेको शारिरीक सुगठन प्रतियोगितालाई सफल पार्नका लागि परिषदले प्रबद्र्धन गरेर साथ दिएको बताउँदै यसले खेलाडी उत्पादनमा पनि टेवा पुराउने बताए । उनले प्रतियोगिताको सफलताको शुभकामना दिदैं सबै सुुदुरपश्चिम श्री शारिरीक सुगठन प्रतियोगितालाई सफल बनाउन आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग गर्न पनि आग्रह गरे ।

शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यसनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजनाको तयारीमा लागेको आयोजकले जनाएको छ। प्रतियोगितामा कुनै पनि उमेर समुहका खेलाडीहरुले भाग लिने सक्नेछन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.