अत्तरिया, १४ असोज : कैलालीको गोदावरी नगरपालिका अत्तरिया हुन गइरहेको प्रदेश अन्तर विद्यालयस्तरीय लोटस आई क्रिकेट कप टी–२० प्रतियोगिताको ट्रफी र टाईसीट सार्वजनिक गरिएको छ । आईतबार आयोजक अत्तरिया क्रिकेट क्लवले एक कार्यक्रमको आयोजना गरी यही १७ गते बाट हुन गइरहेको क्रिकेट प्रतियोगिताको ट्रफी र टाईसीट सार्वजनिक गरेको हो ।
आयोजक क्लवले ‘स्वास्थ लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता गोदावरी नगरपालिका ३ मा रहेको शान्तिपुरको खेलमैदनमा हुने जनाएको छ ।
सुदुरपश्चिमका ८ वटा विद्यालयहरुको प्रतियोगितामा सहभागीता हुनेछ । प्रतियोगीतामा सहभागी विद्यालयका टिमहरुको गोला प्रथा गरेर दुई समूहमा विभाजन गरिएको छ । दुई समूह मध्ये समूह ‘ए’ मा गोदावरी नगरपालिकामा स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय, अत्तरियाको लोटस आई अंग्रेजÞी माध्यमिक विद्यालय, गेटाको सरस्वती मा वि र कञ्चनपुरको कञ्चनजंगा माध्यमिक विद्यालय रहेको छ । यस्तै समूह ‘वि’ मा अत्तरिया दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय, सत्यवती एकेडेमी, जेके माध्यमिक विद्यालय र कञ्चपुरको ज्योती इंग्लिश सेकेण्डरी स्कूल रहेको छ ।
प्रतियोगीता १७ गते देखि २६ गते १० दिन सम्म संचालन हुने भएको हो । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु १ लाख १ हजार सहित ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । यस्तै दोस्रो हुने टिमलाई ५१ हजार सहित ट्रफी र मेडल उपलब्ध गराइने भएको हो ।
प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई पनि पुरष्कारको व्यवस्था छ । साथै प्रतियोगिता लिग चरणमा खेलाइने भएको छ ।
सार्वजनिक कार्यक्रम समाजसेवी व्यक्तित्व खेल संयोजक कमल कडायतको सभापतित्व सञ्चालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लोटस आई अंग्रेजÞी माध्यामिक विद्यालयका म्यानेजिङ डाइरेक्टर ध्रुव कडायत रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा लोटस आई अंग्रेजÞी माध्यमिक विद्यालयका प्रिन्सिपल मानबहादुर ऐर, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रजतजंग शाही रहेका थिए । साथै विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थित रहेको थियो । लोटस आई क्रिकेट कप प्रतयोगिताको बुधबार ९ः३० बजे उद्घाटन गरिने आयोजकले जनाएको छ ।