कञ्चनजंगा र सैनिक आवाशीय महाविद्यालय विजयी

अत्तरिया, २१ असोज : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी लोटस आई अन्तर विद्यालयस्तरिय क्रिकेट प्रतियोगीता अन्तरगत आईतबार २ वटा खेल भए । पहिलो खेलमा सैनिक आवाशीय महाविद्यालयले सरस्वती मावि गेटालाई ५४ रनले पराजित गरेको हो । टस जितेर बलिङ रोजेको सरस्वतीले सैनिक आवाशिय महाविद्यालयलाई १७ दशमलव १ ओभर खेलाउदै ७६ रनमा अलआउट गरेको थियो । सैनिकका मानस काकर्कीले सर्वाधिक २७ रन बनाएका थिए । सरस्वतीका खेलाडी नविन बिष्टले ४ विकेट लिए ।
७७ रनको लक्ष्य पछ्याएको सरस्वती ९ दशमलव २ ओभर खेल्दै २२ रनमा अलआउट भयो । सैनिकलाई जित दिलाउन बद्री कार्कीले ६ रन मात्रै दिएर ४ विकेट लिएका थिए ।
यसैगरी आईतबार नै भएको दोस्रो खेलमा लोटस आई बोर्डिङ स्कुलले लगातार तेस्रो हार बेहोरेको छ । दोस्रो खेलमा लोटस आईलाई कञ्चनजंगा माविले ३ विकेटले पराजित गरेको हो । टस जितेर व्याटिङ रोजेको लोटस आईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ७७ रन बनाएको थियो । लोटसका सुनिल धामीले १९ रन बनाएका थिए । कञ्चनजंगाका रोशन विष्टले ३ विकेट लिए ।
७८ रनको विजयी लक्ष्य पछ्याएको कञ्चनजंगाले १३ ओभर व्याटिङ गर्दै ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । कञ्चजंगाका ललित गुप्ताले १९ रन बनाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.