त्रिदेशीय टी–२० सिरिज : उपाधिका लागि नेपाल र युएईबिच आज प्रतिस्पर्धा

काठमाडौँ : त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा हुने भएको छ ।

बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो। नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ बाहिरिइसकेको छ।

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो। युएई र हङकङले एकअर्कासँग एक(एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.