काठमाडौँ : घरेलु टोलीलाई ४ विकेटले हराउँदै त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि युएईले उचालेको छ । शुक्रबार सम्पन्न सिरिजमा नेपाललाई ४ विकेटले हराउँदै युएईले उपाधि जितेको हो ।
नेपालले दिएको १ सय ६३ रनको लक्ष्य युएईले १ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो । युएईका ओपनर तथा कप्तान मोहम्मद वसिम ४५ रनमा बोल्ड आउट भए ।
२२ बलमा ७ चौका र २ छक्का हानेका वसिम गुलसन झा को बलमा बोल्ड भए । आर्याशं शर्मा २५ रन बनाउँदा कुशल मल्लको बलमा सन्दिप जोराको हातबाट क्याच आउँट भए ।
वृत्या अरविन्द २६ रनमा रन आउट भए । आशिफ खान ७ रन बनाउँदा गुलसनको बलमा अविनास बोहोराको हातबाट क्याच आउट भए ।
आलिसान सर्फु १३ रनमा क्याच आउट भए । बसिर हमिद २२र आयान अफ्जल खान ५ रनमा नटआउट रहे । नेपालका गुलसन झा र अविनास बोहोराले समान दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए ।
त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रनको योगफल तयार पारेको थियो ।
युएईविरुद्व ओपनर कुशल अर्धशतक पूरा गर्दै आउट भए । कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्दा जहुर खानको बलमा बोल्ड आउट भए ।
अर्का ओपनर आशिफ ७ शेख रनमा बोल्ड आउट भए । दिपेन्द्र सिंह ऐरि २० र कप्तान रोहित पौडेल १८ रन थप्दै पवेलियन फर्के । सन्दिप जोराले १० रन थपे । कुशल मल्ल १ रनमा बोल्ड आउट भए ।
गुलसन झा ५ रनमा क्याच आउट भए । सोमपाल कामी १२ रनमा बोल्ड आउट भए । करण केसी २३ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे । युएईका लागि आयान अफ्जल खानले ३ विकेट लिए ।
अलि नसिर र जहुर खानले समान २ विकेट लिए । जुनैद सिद्वीकीले १ विकेट आफ्नो नाममा गरे । नेपालले सिरिजमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो ।
नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो ।
सम्बन्धित पाेस्टहरु