गोदावरी नगरपालिकामा यहि माघ २७ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

अत्तरिया, २५ पुस : गोदावरी नगरपालिकामा यहि माघ २७ देखि २९ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गोदावरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बारे जानकारी दिएको हो ।
प्रतियोगिताका लागि नगरपालिका भित्रका २१ सामुदायिक र २१ संस्थागत गरी ४२ वटा विद्यालयको सहभागिता रहने शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत बिष्णु अवस्थीले बताए । उनले प्रतियोगितामा सहभागिताका लागि एक हप्ता अगाडिदेखि विद्यालयलाई सूचना जारी गरेको र सोहि सूचना अनुसार ४२ ओटा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाम दर्ता भएको बताए । उनले प्रतियोगिता संचालनका लागि शिवराज भट्टराईको संयोजकत्वमा १८ सदस्यीय समिति पनि गठन गरिसकिएको बताए ।
प्रतियोगितामा भलिबल, कपड्डी, मार्सल आर्ट, एथलेटिक्स र फुटबल खेलहरु खेलाईने भएका छन् । सहभागि विद्यालयहरुमध्ये फुटबल खेलका लागि सबैभन्दा बढी टिमले नाम दर्ता गराएका छन् । प्रतियोगिता गोदावरी नगरपालिका–५ मा रहेको सरस्वती मावि गेटामा हुने भएको छ । प्रतियोगिता गोदावरी–५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा हुनेछ । प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने छन ।
प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले बताए । प्रतियोगिता संयोजक भट्टराईले प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा गरिएको बताए । उनले प्रतियोगिता संचालन हुने स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था गरिने बताए । गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागिएको हो । यसअघि अत्तरियामा रहेको शैलेश्वरीा नमुना माविमा प्रतियोगिता आयोजना गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.