चैतन्य पाठशालामा खेलसप्ताह सुरु

धनगढी, १४ माघ : धनगढी उपमहानगरपालिका–५ रहेको चैतन्य पाठशालामा खेलसप्ताह सुरु भएको छ । चैतन्य पाठशालाको वार्षिक खेल सप्ताह चैतन्य पाठशालाका प्रमुख सल्लाहकार प्रा डा. हेमराज पन्तको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कटकवहादुर सिंहले विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्दै स्वास्थ्य र शारिरिक विकासमा विशेष महत्व राख्ने बताए । साथै खेलकुदलाई हरेक विद्यार्थीलाई अनिवार्य गरिएको र यसबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले विद्यालय आफ्नै चैतन्य पाठशाला खेलकुद एकडेमीे, फुटसल, क्रिकेट पिच तेक्वान्दो डोजाङ मार्फत खेलकुद गतिविधि अघि बढाएको र स्तरीय पूर्वाधार निर्माण प्रशिक्षकको ब्यबस्था गरिएकोले विद्यार्थीमा खेलकुदकोस्तर राम्रो देखिएको बताए । वार्षिक खेल सप्ताहमा २३ ओटा विभिन्न तहगत र समुहगत खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा प्रमुख अतिथि प्रा डा हेमराज पन्तले सपोर्ट म्यानसीप र फेयर प्लेको अवधारणालाई आत्मसाथ गरी प्रतियोगितामा भागलिनूपर्ने र यसले खेलले व्यक्तिलाई अनुशासित जीवनयापन गर्न मद्त पुग्ने बताए ।
कार्यक्रममा कैलाली जिल्ला खेलकुद प्रशिक्षण निर्देशक आश्रम केसी, तेक्वान्दो प्रशिक्षक देवराज चौधरी, गोजुरियो कराते प्रशिक्षक प्रकाश चन्द, जिम्न्यास्टिक प्रशिक्षक तीर्थ ओझा, कवाडी प्रशिक्षक लोकवहादुर विष्ट, पत्रकार महासंघ सुप सचिव हरि जोशी, रातो बांग्ला काठमाण्डौकाका प्राध्यापक कमल थापा, विद्यालयका पिटिए अध्यक्ष ईश्वर गिरी, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.