क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाण्डौँ : बिहीबारदेखि सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडामाथि नेपालले रोमाञ्चक जित निकालेको छ । नेपालले क्यानडाविरुद्धको पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हात पारेको हो । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ औँ ओभरमा २ सय १७ रनमा अलआउट भयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० औँ ओभरको अन्तिम बलमा अलआउट हुनुअघि २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले ३ खेलको सिरिजमा १.० को अग्रता लिएको छ । यो सँगै नेपालले घरेलु ओडिआईमा अपराजित यात्रालाई पनि कायम राखेको छ । अब नेपालले क्यानडाविरुद्ध दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार खेल्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.