अत्तरिया, २७ माघ : कैलालीमा जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले हात परेको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपालिका ४५ पदक सहित प्रथम भएको हो । धनगढीले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ । यस्तै घोडाघोडी नगरपालिका दोस्रो र गोदावरी नगरपालिका तेस्रो भएको छ ।
घोडाघोडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गोदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर र खेलकुदका जिल्ला अध्यक्ष ललित खत्रीले पुरुस्कार वितरण गरेका हुन । प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गौरीगंगा नगरपालिकाले १७, बर्दगोरीया गाउँपालिकाले २, जोशिपुर गाउँपालिकाले ६, मोहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जानकारीदिएको छ । गतबर्षको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि धनगढी उपमहानगरपालिकाले नै जितेको थियो ।
सम्बन्धित पाेस्टहरु