अत्तरिया, ८ फागुन
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेमा तेस्रो शिवशक्ति कप फुटवल प्रतियोगिता सुरु भएको छ । शिवशक्ति युवा क्लबले आयोजना गरेको वडा स्तरीय खुल्ला शिवशक्ति कप फुटबल प्रतियोगिताको एक कार्यक्रमकाबिच वडा नम्बर ८ का वडा सदस्य चन्द्र बिसीले प्रतियोगिताका मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका हुन् ।
मुख्य रेफ्रिको रुपमा म्याक्स चौधरी रहेको प्रतियोगितामा कैलालीका २२ ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रर्वद्धकमा वडा नम्बर ८ रहेको छ । प्रतियोगिताका विजेताललाई नगद ५० हजार सहित,ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्ने टिमलाई २१ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ । स्याउले स्थित शिवशक्ति युवा क्लबको खेल मैदानमा जारी उत्त प्रतियोगिताको फाइनल खेल फाल्गुन २१ गते दिउँसो २ बजे हुनेछ ।
उद्घाटन खेलमा बाग युवा क्लब अत्तरिया विजयी
शिवशक्ति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाग युवाक्लब अत्तरिया विजयी भएको छ । स्याउले स्थित शिवशक्ति युवा क्लबको खेल मैदानमा भएको खेलमा १ का विरुद्ध ६ गोल गर्दै बाग युवाक्लब विजयी भएको हो ।