अत्तरिया : कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० मा स्टार सिटी ब्वाईज युनियन क्लब फाईनलमा पुगेको छ । गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तगर्त आज भएको पहिलो सेमिफाईनल खेलमा जित हात पार्दै स्टार सिटी ब्वाईज युनियन उपाधि नजिक पुगेको हो ।
लिक्मा खेल मैदानमा भएको खेलमा स्टार सिटी ब्वाईज युनियनले कञ्चनपुरको फारवेष्ट स्पोर्टस क्लबलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । स्टार सिटी ब्वाईज युनियनलाई फाईनल पुराउन नरेन्द्र चौधरी, कुवेर सिंह र हिक्मत खत्रीले एक एक गोल गरे । फारवेष्टका लागि धिरेन्द्र शाह र सुदीप खत्रीले गोल गरे पनि टीमलाई जिताउन सकेनन् । पहिलो हाफको ३५ औं मिनेटमा स्टार सिटीका लागि पहिलो गोल गरे ।
पहिलो हाफकै ईन्जुरी समयमा कुवेर सिंहले अर्को गोल गर्दै टीमलाई दोब्बरको अग्रता दिलाए । दोस्रो हाफमा दुई गोल फर्काउदै फारवेष्ट स्पोर्टसले खेल बराबरी गर्यो । दोस्रो हाफको १६ औं मिनेटमा धिरेन्द्र शाहले पहिलो र २२ औं मिनेटमा सुदीप घर्तीले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुराए । दोस्रो हाफको ३४ औं मिनेटमा फल भएपछि स्टार सिटी ब्वाईन युनियनले पेनाल्टी पायो । त्यसलाई हिक्मत खत्रीले गोलमा परिणत गर्दै आफ्नो टीमलाई फाईनल पुराए । स्टार सिटी ब्वाईज युनियनका लागि धिरेन्द्र शाही म्याच अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोली दोस्रो सेमिफाईनलमा फारवेष्ट पशुपति युवा क्लबले आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबको सामना गर्नेछ ।
कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु