गौरीगंगा गोल्डकपको उपाधिमाथि स्टार सिटी र फारवेष्ट पशुपतिको दाबी

अत्तरिया : कैलालीको गौरीगंगामा भइरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० को उपाधिमाथि स्टार सिटी ब्वाइज युनियन क्लब र फारवेष्ट पशुपति युवा क्लबले दाबी गरेका छन्।

गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भइरहेको प्रतियोगिताको भोली हुने उपाधि भिडन्तमा बाजी मार्ने दुबै टोलीले दाबी गरेका हुन्। आज लिक्मा खेल मैदानमा आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा फाइनल पुगेका दुबै टोलीले उपाधि जित्ने बताएका छन्।
लगातार दोस्रो पटक फाइनलमा पुगेको स्टार सिटी ब्वाइन युनियनका कप्तान कपिल ढकालले आफ्नो टीममा अनुभवी खेलाडीहरु रहेकोले उपाधि जित्ने बताए।

उनले सबै खेलमा खेलाडीहरुले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरिरहेकोले फाइनलमा पनि शतप्रतिशत दिने र उपाधि जित्ने दाबी गरे। फारवेष्ट पशुपति युवा क्लबका कप्तान अमानत सेखले अधिकांश युवा र स्थानीय खेलाडीहरु टीममा रहेकोले उपाधि जित्ने बताए। उनले युवा खेलाडीहरुको प्रदर्शनले फाइनलसम्म पुगेको भन्दै उपाधि जित्ने दाबी गरे।

प्रतियोगिताको फाइनल खेल भोलि (बिहीबार) लिक्मा खेल मैदानमा हुनेछ। कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुँदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.