कृष्णपुरमा नयाँ वर्षको उपलक्ष्यमा म्याराथुन दौड

अत्तरिया : कञ्चनपुरका कृष्णपुरमा नयाँ वर्षको उपलक्ष्यमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ५ मा रहेको ब्राईट नेपाल युवा क्लवले नयाँ वर्षको अवसरमा सामाजिक विकृति एबं लागू औषध दुव्र्यसन सम्बन्धी ‘अब कृष्णपुर नगरपालिका दौडिन्छ निरन्तर’ भन्ने मूल नाराका साथ वैशाख १ गतेका दिन उक्त म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।
म्याराथन दौड ७ की.मी र ३ किलोमीटर दुरीको हुने भएको साथै प्रतियोगिताको ७ किलोमीटरको दूरीमा प्रथम, दृतीय र तृतीय हुनेलाई नगद सहित पुरस्कृत गरिने व्यवस्था गरेको छ ।
७ किमी म्याराथुन कृष्णपुरको वाणी चोक देखि सुरु भई गुलरिया चोकमा समापन हुने र ३ किमी म्याराथन गुलरिया बाट सुरु भई २ नं चौराह हुँदै आउनः गुलरिया चोकमा समापन हुने भएको छ । म्याराथनमा कृष्णपुर नगर भित्र रहेका जुनसुकै उमेरका व्यक्तिहरूले भाग लिन पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.