Agni Offset Press

वेस्ट इन्डिजविरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

Aarati simant

काठमाडौँ : नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजविरुद्धको अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै पाँच टी २० सिरिजको सुखद अन्त्य गरेको छ।

वेस्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। कुशल मल्ल ३७ र रोहित पौडेल शुन्य रनमा नटआउट रहे। कुशलले १८ बलमा ३ चौका र ३ छक्का सहयोगमा ३७ रन बनाए।

नेपालका लागि अनिल शाह र आशिफ शेखले अर्धशतक पूरा गरे। ४५ बलमा ४ चौका र ४ छक्का सहयोगमा ५८ रन बनाएका अनिल १७ औँ ओभरको दोस्रो बलमा क्याच आउट भए। आशिफ ५१ रन बनाउँदै क्याच आउट भए। उनले ४५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। उनले ३२ बलमा २ चौका र ५ छक्का मद्धतमा १३ औँ ओभरमो पाचौँ बलमा अर्धशतक पूरा गरे।

उनी चौथो ओभरको तेस्रो बलमा क्याच आउट भए। दिपेन्द्र सिंह ऐरि ५ रनमा क्याच आउट भए। पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा क्याच आउट भए। कुशल दोस्रो ओभरको चौथो बलमा ओबेडको बलमा वेल्सको हातबाट क्याच आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको थियो। एलिक अथानाजे ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे।

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे। सोमपालले आफ्नो स्पेलमा १६ रन खर्चे। अविनास बोहोराको नाममा एक विकेट रह्यो।

गुणाकेश मोती १ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। फाबियन एलियन ३ रन बनाउँदा सोमपाल कै बलमा विकेट किपर आशिफ शेखको हातबाट आउट भए। सोमपालले १७ औँ ओभरको तेस्रो बलमा म्याथु फोर्डलाई २३ रनमा क्याच आउट गराए। त्यसअघि १४ औ ओभरको तेस्रो बलमा वेस्ट इन्डिजका कप्तान रोष्टन चेस आउट भएका थिए। २३ बलमा ३३ रन बनाएका रोष्टन अविनास बोहोराका बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।

ओपनर जोनसन चाल्स २४ रन बनाउँदा पेभेलियन फर्के। २० बलमा २ चौका र २ छक्का हानेका जोनसन सागर ढकालको बलमा कट एण्ड बोल्ड भए। अर्का ओपनर कदिम एलियन ११ रन बनाउँदा सागर कै बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। मार्क दियान ११ रनमा नै सागरको बलमा रोहितको हातबाट आउट भए।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.