Agni Offset Press

धनगढीमा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै

Aarati simant

अत्तरिया, २४ बैशाख : धनगढीमा आउने जेठ ४ र ५ गते पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । गोदावरी विकासको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

धनगढीको पब्लिक वहुउद्देश्यीय हलमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार एक सय, द्वितीय हुनेलाई १५ हजार एक सय र तृतीय हुनेलाई ७ हजार पुरस्कार तोकीएको छ ।
प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार तोकीएको छ । जेठ ३ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.