गोदावरी नगरपालिकाद्वारा बालक्लबलाई खेलकुद सामग्री वितरण

अत्तरिया, २५ बैशाख : कैलालीको गोदावरी नगरपालिकाले बालक्लबलाई खेलकुद सामग्री वितरण सामग्री वितरण गरेको छ । महिला तथा बालबालिका शाखाले मंगलबार बाल सञ्जालका विद्यार्थीमार्फत खेलकुद सामग्री वितरण गरेको हो ।
जिल्लाकोे गोदावरी नगरपालिकामा वडा तथा नगरस्तरीय बाल सञ्जाल गठन गरिएको छ । महिला तथा बालबालिका शाखाले मंगलबार दिलिप भट्टको अध्यक्षतामा २५ सदस्यीय नगर स्तरी बाल सञ्जाल गठन गरेको हो ।
त्यस्तै १२ ओटै वडामा पनि वडास्तरीय बाल सञ्जाल गठन गरिएको हो । खेलकुद सामग्रीमा एकएक प्रति भलिबल,फुटबल,ब्यामिन्टन लगायतका सामग्री रहेका छन् ।
पछिल्लो समय बालबालिका लागूऔषध दुव्र्यसनी, कुलतमा फसेको परिस्थितिमा कसरी बचाउन सकिन्छ भनि छलफल र सबैले आ–आफ्नो ठाउँबाट बालबालिकालाई सतमार्गमा कसरी लैजाने सम्बन्धि अन्तरक्रियामा प्रस्तुतीकरण दिने शाखा प्रमुख गोदावरी खत्रीले बताइन ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, बालमृत्यूदर, पोषण, बाल अधिकार सफेतना अभिवृद्धि लगायत चाल सहभागिताका सवालमा विगत तीन दशकमा देशले ठूलो प्रगति हासिल गरेको तथा बाल विवाह, बाल श्रम, बालबालिका बेचविखन तथा गैर कानूनी ओसार पसार, हिंसा, शोषण, यौन दुव्र्यवहार, असहाय, अपाङ्गता भएका तथा सडक बालबालिकाको संरक्षण र व्यवस्थापनमा अझै सनस्या तथा चुनौति रहेको कुरा कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.