Agni Offset Press

अत्तरियामा इन्फिनिटी स्पोर्टस् एण्ड क्लब हाउस ‘स्केटिङ्’ सञ्चालनमा

Aarati simant

अत्तरिया, १ जेठ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा ‘स्केटिङ्’ हाउस सञ्चालनमा आएको छ । अत्तरिया महेन्द्रनगर रोडमा इन्फिनिटी स्पोर्टस् एण्ड क्लब हाउस नामक स्केटिङ् सञ्चालनमा आएको हो । मंगलबार सञ्चालनमा आएको उक्त स्केटिङ् हाउसको सञ्चालक मोहन बुढाको बजै राजुदेवी बुढाले रिवन काटेर उद्घाटन गरेकी हुन् ।
गोदावरी नगरपालिका–६ लालपुर निवासी सञ्चालक मोहनले झण्डै १ करोड बढीको लागतमा ल्याएको उक्त स्केटिङ् हाउस व्यवसायी सँगै अहिलेको युवाहरु कुलतमा नफसोस् साथै मोबाइल लत लागेका बच्चाहरूको लगायतको नकारात्मक क्रियाकलापमा फसेका युवाहरुलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्ने उचित रहने हुनाले सञ्चालनमा ल्याइएको बताए ।
उनले बच्चा लगायत युवा पिडीहरु नकारात्मक क्रियाकापहरूमा नफसुन भनी १\२ घण्टाको लागी भएपनि शारीरिक व्यायाम होस भन्ने उददेश्यका साथ सञ्चालनमा ल्याएको बताए । सञ्चालक बुढाले आगामी दिनमा खेलहरु मध्ये ब्याटमिन्टन, टेबल टेनिस लगायत भविस्यमा जुन नयाँ खेलहरु आउछ युवा वर्गहरुलाई लक्षित गर्दै उपयोग गर्ने लक्ष्य रहेको समेत बताए । उनले स्केटिङ् गर्न आउने व्यक्तिहरूलाई विशेष मूल्यका साथ दैनिक, हप्ता, १५ दिन र मासिक प्याकेजको समेत सुविधा गरेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.