भेट्रान्स कपको उपाधी धनगढीको अनुपमा अलराउन्डर्सलाई

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी भेट्रान्स कप क्रिकेट प्रतियोगिताको उपाधी धनगढीको अनुपमा अलराउन्डर्सले उपाधि जितेको छ ।

शनिबार सम्पन्न खेलमा अत्तरियाको टिम माईकिज क्याफे र धनगढीको अनुपमा अलराउन्डर्स बिच भएको खेलमा अनुपमा अलराउन्डर्सले ३ विकेटले खेल आफ्नो पोल्टामा पार्न सफल भएको हो । पहिले ब्याटिङ गरेको टिम माईकिज क्याफेले निर्धारित २० ओभरमा २१६ रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्रीएको धनगढीको अनुपमा अलराउन्डर्सले बिसौ ओभरको अन्तिम बल अगावै खेललाई आफ्नो टिममा जित दर्ता गरेका हुन ।

प्रतियोगितामा धनगढीको अनुपमा अलराउन्डर्सले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद , ट्रफि मेडल र प्रमाणपत्र बुझेका छन भने। अत्तरियाको माईकिज क्याफे ले ५५ हजार ५ सय ५५ नगद ट्रफि, मेडल र प्रमाणपत्र बुझेका छन । पि एफ ए स्पोट्स क्लब अत्तरियाले आयोजना गरेको उत्त प्रतियोगितामा ९ ओटा टिम सहभागी रहेका थिए । अत्तरियाको बनखेतस्थीत सशस्त्र प्रहरीको खेल मैदानमा जारीे प्रतियोगिताको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको थियो ।

त्यसैगरी म्यान अफ द सिरीज मा टिम माइक इज क्याफेका सुवेन्दु पाण्डेयलाई १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरियो भने गुलरिया बुल्सका सुमित चन्द बेस्ट ब्याट्सम्यानलाई नगद ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र गरिएको जानकारी पि एफ ए स्पोट्स क्लब महासचिव सिद्ध बोहराले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.