काठमाडौँ : आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्धको नेपाललाई पहिलो झट्का लागेको छ। ओपनर आशिफ शेख ४ रन बनाउँदा क्याच आउट भए।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले दोस्रो ओभरको समाप्तीमा १ विकेट गुमाएर १० रन बनाएको छ। क्रिजमा कुशल भुर्तेल ६ रनमा नटआउट छन्। क्रिजमा अनिल शाह आएका छन्।