Agni Offset Press

महायज्ञको तेस्रो दिन : २५ लाख ३० हजार रूपैयाँ दान संकलन

Aarati simant

धनगढी : मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयोजना गरेको महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरको दान संकलन भएको छ । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेशस्तरीय भवन धनगढीमा निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा मनकारी दाताहरूले दान गर्ने क्रम जारी रहेको छ ।
शुक्रबार महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्ने दाताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाले धनगढी शाखाको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्ने भएको छ । त्यस्तै नगरपालिकाले यसै आर्थिक वर्षभित्र आश्रमको सेवा सहजताको लागि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख रणबहादुर मल्ल र नगर उप–प्रमुख कल्पना जोशी पन्तले ७ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गरिन ।
धनगढी उपमहानगरपालिका–४ निवासी समाजसेवीरव्यवसायी तथा महायज्ञ मूल आयोजक समितिका संयोजक मदन कुँवरका विदेशमा बस्ने छोराछोरीले स्वर्गीय हजुरबुवाको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेको छ भने त्यस्तै धनगढी उपमहानगरपालिका–३ निवासी कल्पना थापाले पनि स्वर्गीय आमा ज्ञानु अधिकारीको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेको हो ।
महायज्ञमा टीकापुर नगरपालिका–६ कैलाली निवासी मोहनबहादुर शाहले आश्रमको अक्षयकोष सहयोगार्थ १ लाख २५ हजार रूपैयाँ र भवन निर्माणका निम्ति ११ हजार १ सय ११ रूपैयाँ योगदान गरेको छ । धनगढी उपमहानगरपालिका–१ निवासी सनराइज बोर्डिङ स्कूलको संरक्षक प्रिजा सापकोटाले भवन निर्माण सेवाका लागि महायज्ञमा १ लाख ११ हजार रूपैयाँ दान गरिन । धनगढी निवासी गजेन्द्रवीर चन्दले ५१ हजार रूपैयाँ, वीरबहादुर जेठाराले १० हजार ५ सय ५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ दान गरेको हो । धनगढी उपमहानगरपालिका–१, कैलालीस्थित नेपाल टेलिकम दूरसञ्चार कर्मचारी परिवारद्वारा भवन निर्माण सहयोगार्थको लागि सुखबहादुर मल्लसहितको टीमले १६ हजार १ सय ४० रूपैयाँ दान गरेको हो ।
त्यस्तै महायज्ञमा भवन निर्माण सेवाका लागि धनगढी निवासी सरस्वती धामी जोशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–३ निवासी भीमदत्त पनेरूले ५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–५ निवासी उषा जोशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–२ निवासी टेकबहादुर रावतले ५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–२ निवासी कुलबहादुर हमालले १५ हजार ५ सय ५५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ, श्यामलाल जोशीले ५ हजार ५ सय ५ रूपैयाँ, ध्रुवराज जोशीले ५ हजार १ सय रूपैयाँ, पुनित गुप्ताले ५ हजार १ सय १० रूपैयाँ, अर्जुनप्रसाद भट्टले ११ हजार १ रूपैयाँ, धनगढीस्थित देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ८ हजार रूपैयाँ योगदान गरेको छ ।
महायज्ञमा आज वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको समेत प्रस्तुति रहने आश्रमले जनाएको छ । माघ २३ गतेदेखि सुरू भएको महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.