Agni Offset Press

३० लाख लगानीमा अत्तरियामा धर्मदीप फार्मेसी संचालनमा

Aarati simant

अत्तरिया :  कैलालीको अत्तरिया चौराहामा धर्मदीप फार्मेसी संचालनमा आएको छ । उक्त फार्मेसीको शनिबार विधिवत पूजाआजा गरी उद्टघाटन गरिएको हो । एक कार्यक्रमका बीच भूमिराज लाटाराज देवताका मुखिया केशव राज भट्टराई ले रिबन काटी उधाटन गरेका हुन् ।

फार्मेसीले सर्वसाधारण कमजोर आयस्तर भएका ब्यक्तीलाई सर्वसुलभ रूपमा स्वास्थय सेवा दिईने बिश्वास लिइएको मुखिया भट्टराईले बताए । यस फार्मेसीले आफ्नो उद्घाटनमा बिबिध चेकजाँच निशुल्क गरेको थियो ।

फार्मेसीमा सबै किसिमका औषधि उपलब्ध हुनका साथै सम्पूर्ण किसिमका चेकजाँच समेत गरिने संचालक रोजिना वलीले बताईन । उनले केही समय भित्रै ओपीडी सेवा बिस्तार गरिने जानकारी दिईन । फार्मेसी करिब ३० लाख लगानीमा संचालनमा आएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.