
अत्तरिया : कैलालीको गोदावरी वडा नम्बर १ र ६ मा रहेको बडेहा-बिजौरा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा चेतराज पन्त निर्वाचित भएका छन् ।
पन्त १४१ मत पाएर निर्वाचित भएका हुन । यस्तै अध्यक्षका प्रत्यासी उम्मेदवार रमेश बलायर ले ८३ , मान बलायरले ५६ , बल बहादुर चौधरी ले ४८ र रमेश प्रसाद भट्ट ले ७२ मत पाए । निर्वाचित पन्त वडा नम्बर १ का वडा सदस्य समेत हुन । उपाध्यक्षमा पन्त समुह कै गिरीराज भण्डारीले १७६ मत पाएर निर्वाचित भए ।
उपाध्यक्षमा पराजित गणेश महराले १२५ मत पाए भने दुर्गादेबी जोशीले ६४ मत पाइन् । सचिवमा भने मान बलायर समुहका उत्तम महरा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी चेत समुहका लक्ष्मीराज भट्ट भन्दा १ मत बढी ले निर्वाचित भएका छन् । कोषाध्यक्षमा पन्त समुह कै चित्राकुमारी भट्ट २१७ मत पाएर निर्वाचित भएकी छन् भने बिपनीकुमारी चौधरी १२५ मत सहित पराजित भएकी छन् ।
शनिबार संस्था को नयाँ नेतृत्व को लागि निर्वाचन सप्पन्न भएको थियो । जसमा ६ सय ७ मतदाता रहेकोमा ४ सय ६७ मत खसेको छ । उक्त खानेपानी संस्थाले वडा नम्बर १ र ६ मा पानी बितरण गर्दै आएको छ ।
