
अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलारी गाउँपालिका कार्यसमिति सभापतिमा रामकुमार चौधरी चयन भएका छन् । सोमबार बसेको बैठकले चौधरीको सभापतित्वमा कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपसभापतिमा सावित्री सुनार, सदस्यमा आरती सुनार, शालिकराम चौधरी र सोनमति कठरिया रहेका छन् । बैठक प्रदेश सभापति प्रकाश बिष्टको प्रमुख आतिथ्यमा भएको थियो । बैठकमा घोडाघोडी, टीकापुर, भजनी लगायतका पालिका सभापतिहरुको उपस्थिति रहेको थियो । रास्वपाले विभिन्न पालिकामा समिति गठन गरिरहेको छ ।
