कैलालीमा सर्पको टोकाईबाट बालकको मृत्यु

धनगढीः कैलालीमा सर्पको टोकाइबाट घाइते भएका बालकको मृत्यु भएको छ ।

सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)कबिन्द्र सिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि टिकापुर अस्पतालमै राखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.