अत्तरिया : २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका(५ भकुण्डाका २१ वर्षीय चरण चौधरी रहेका छन् ।
प्रहरीका अनुसार जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।